खेलकुद

घरेलु मैदानमा ओमानसँग नेपाल दाेस्राे पटक पराजित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसँग फेरि पराजित भएको छ ।यो नेपालको दोस्रो हार हो । दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ ।
ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो ।

ओमानका उपकप्तान अकिब इल्यासको उत्कृष्ट अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार गरे । इल्यास र कप्तान जिसान मक्सुदले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि ओमानको जीत सहज बनेको हो ।
नेपालका लागि १२औं ओभरमा कुशल मल्लले नेपाललाई पहिलो सफलता दिलाए । भने सुशन भारीले १९औं ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको सहयोगमा नेपालले २५० रनको लक्ष्य दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *