खेलकुद

नेपाललाई ब्याटिङ निम्तो

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँगको दोस्रो खेलमा नेपालले ब्याटिङ गर्ने निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर नेपाललाई ब्याटिङ निम्तो दिएको छ ।अहिले सुरुवाती ब्याट्सम्यान सुवास खकुरेल र ज्ञानेन्द्र मल्ला क्रिजमा छन् ।
ओमानसँगको खेलबाट नेपालका कमल सिंह ऐरीले राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् । अविनास बोहराको स्थानमा कमलले टिममा मौका पाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *