खेलकुद

विश्वकप क्रिकेट लिग–२: आज फेरि नेपाल र ओमन भिड्दै, बदला लिने दाउमा नेपाल

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले ओमनसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल ओमनसँग बदला लिने अवसरकाे खाेजीमा हुनेछ ।

पहिलाे खेल हारेकाे नेपालले आजकाे खेलमा सुधारिएकाे प्रदर्शन गर्ने टिम कप्तानकाे दाबी छ । शनिबार अमेरिका सँगकाे खेलमा उत्कृष्ट प्रदर्शन गरेकाे नेपालकाे मनाेबल आज भने उच्च रहनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको थियो । उता लगातार दुई जित निकालि सकेको ओमन पनि उच्च मनोबलमा छ । ओमनले दोस्रो खेलमा अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।

अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा छ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् ।  नेपालले दुइ खेलबाट २ अंक जाेडेकाे छ ।

लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *