ताजा समाचार

नेकपा नेता पाैडेल र न्यायाधीस रेग्मीकाे जग्गा सुटुक्क सरकारकाे नाममा

आज पत्रिपत्रिकामा आइसीसी विश्वकप लिग २ को खेलमा नेपालले विश्व कीर्तिमानसँगै अमेरिकालाई पराजित गरेको खबरले मुख्य स्थान पाएका छन् । भने अन्य फरक फरक विषयले पनि स्थान पाएका छन् ।

कान्तिपुरले कुशलको चमत्कार–डेब्युमै विश्व कीर्तिमान शिर्षकमा समाचार छ । अमेरिकासँगको क्रिकेट विश्वकप लिग २ का लागि शनिवार नेपाली टोलीले अघिल्लो खेल खेलेकाबाट दुई खेलाडी परिवर्तन गरेको थियो । त्यसबाट नेपाली टोलीमा स्थान पाउने एक थिए कुशल मल्ल । नेपाली राष्ट्रिय टोलीबाट ५० ओभरमा उनी पहिलो खेल खेल्दै थिए । कुशल मैदानमा उत्रिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा कम उमेरका खेलाडी बने ।उनलाई शनिवार नेपाली टोलीमा रोहितकुमार पौडेलको स्थानमा ल्याइएको थियो । उनै रोहितले सबैभन्दा कम उमेरमा एक दिवसीय क्रिकेटमा बनाएको अर्धशतकीय कीर्तिमानलाई पनि कुशलले उछिनिदिए । त्यस्तै अन्नपूर्ण पोस्ट्को पहिलो पृष्ठमा पनि विश्वकप लिग २ कै चर्चा छ ।

त्यस्तै नेकपा अध्यक्ष प्रचण्डले एमसीसी अघि बढ्ने बताएकाे खबर मुख्य बनाएर कान्तिपुरले छापेकाे छ ।

नागिरक दैनिकले एमसीसी पास गराउन कुटनितिक पहल सुरू भएकाे समाचार छ भने ललितानिवास प्रकरणमा भ्रष्टचार मुद्धाबाट जाेगिएका नेकपा नेता पाैडेल र न्यायाधीस रेग्मीकाे जग्गा सुटुक्क सरकारकाे नाममा ल्याइएकाे खबर छ ।

नेपाल समाचार पत्रले पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य शिर्षकमा मुख्य समाचार लेखेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ ।

गोरखापत्रले समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन दिएको खबरलाई मुख्य बनाएको छ । समाचार अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् ।

राजधानी दैनिकले ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको समाचार छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *