काठमाडौं । बालविवाह मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यले सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० नेपालले बालविवाहविरुद्ध सञ्चार अभियान शुरु गरेको छ । चार महिनासम्म सञ्चालन हुने सो अभियानअन्तर्गत देशका ७७ जिल्लाका सामुदायिक रेडियोमार्फत १५ हजार बढी व्यक्तिको बालविवाहविरुद्ध प्रतिबद्धता सङ्कलन गरिने अकोराबका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए ।
वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा शुरु अभियानमा प्रदेशस्तरीयमा समेत छलफल कार्यक्रम गरिनेछ । बालविवाह गरे गराएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको कानूनी व्यवस्था रहेको छ । सरकारले बालविवाहविरुद्ध १० वर्षे रणनीति कार्ययोजना तयार गरेर अघि बढेको सन्दर्भमा ९अकोराब० ले सञ्चार अभियान सञ्चालन गरेको हो ।
अध्यक्ष खतिवडाले धर्मलाई हतियार बनाएर बालविवाहको दुरुपयोग भइरहेको सन्दर्भमा धर्मले बालविवाहलाई निषेध नै गर्छ भनेर जनमानसमा पु¥याउने उद्देश्यले पनि अभियानको आवश्यकता रहेको बताए । अकोराबले अभियानअन्तर्गत विभिन्न धर्मगुरु तथा अभियन्ताहरूसँगको छलफललाई अगाडि बढाएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले चालु आव ९साउनदेखि कात्तिकसम्म० मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० वटा बालविवाहका घटनामा ११६ जना बालबालिकाको विवाह भएको देखिएको छ ।




