सिन्धुपाल्चोक ।नेपाली कांग्रेस क्षेत्रीय कार्यसमति क्षेत्र नम्वर १ सिन्धुपाल्चोले वडा अध्यक्ष सनत अधिकारीको आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कानूनी कारवाही गर्न माग गरेको छ ।
घटनाका मुख्य योजनाकार वडा सदस्य यन्दबहादुर मगरलाई समेत पक्राउ गरी कानूनी दायरामा ल्याउन क्षेत्रीय कार्यसमितिले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । वडाध्यक्षको लोकप्रियताबाट अत्तालिएर सत्ताको आडमा गरिएको आपराधिक कार्यमा संलग्न दोशीलाई कानून बमोजिम कडाभन्दा कडा कारवाही नगरिए नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अधिकारीलाई वडा सदस्य मगरको नेतृत्वमा आएको समुहले माघ २१ गते आक्रमण गरेको थियो । रत्नराज्य माविको वार्षिकोत्सव सकेर क्यान्टिनमा खाज खाईरहेका बेला मगर नेतृत्वमा आएको छ जनाको समुह वडाध्यक्ष कार्कीमाथि खनिएको थियो । अधिकारी रत्नराज्य माविको व्यवस्थापन समिति अध्यक्ष समेत हुन । मगर नेतृत्वको समुहले वडाध्यक्ष कार्कीसंगै रत्नराज्य माविका प्रधानाध्यापक छन्दबहादुर काफ्ले र शिक्षक पुष्पराज तिमल्सिनामाथि पनि आक्रमण गरेको थियो ।

प्रहरीले कुटपीटमा संलग्न पाँच जनालाई पक्राउ गरेपनि मुख्य योजनाकार मगरलाई भने अझै पक्राउ गरेको छैन ।
आक्रमणमा परेर गम्भीर घाइते भएका वडाध्यक्ष सनत अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अध्यक्ष अधिकारीको टाउको, ढाड, आखा र शरिरमा गहिरो चोट लागेको छ । अध्यक्ष अधिकारीको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत,नेपाल विद्यार्थी संघका पूर्वमहान्त्री कुन्दनराज काफ्ले मध्यपुर अस्पताल भक्तपुरमा पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।




