ताजा समाचार

डिएसपी खिउजुलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी थिइन् ।अदालतले खिउजुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत ललितपुरले जबरजस्ती करणी कसूरमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो । अदालतको अनुमति पाएपछि उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको ललितपुर प्रहरीले जनाएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले युवतीले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको जानकारी दिए ।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ । यो घटनालाई लिएर पीडित युवती बिभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । यससम्बन्धी समाचार यसअघि संकल्पखबरमा प्रकासित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *