ताजा समाचार

एक सातादेखि बालिका बेपत्ता

बागलुङ । काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छन् । गत शुक्रबार बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन् ।

प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह गरेका छन् । हराएकी बालिका बागलुङ बजारतर्फ आइरहेको बेला खहरे भन्ने ठाउँमा देखेको स्थानीयवासीले बताएका छन् । त्यसपछि उनी कता गइन्, अवस्था के छ कुनै अत्तापत्तो लाग्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *