काठमाडौं । शुक्रबार प्रकाशित सबै जसाे पत्रिकाले बालुवाटार जग्गा प्रकरणकै सेराेफेराेमा समाचार केन्द्रित भएर लेखेका छन् । साथै बालुवाटार जग्गा प्रकरणमा आफ्नालाई जोगाउने, अरुलाई फसाउने नियत सरकारको रहेको भनेर प्रतिपक्षले आरोप लगाएको, अरुण तेस्रो जलविद्युत आयोजनमा लगानी जुटेकोलगायतका समाचार पनि प्राथमिकताका साथ छापिएका छन् ।
अन्नपूर्ण पोस्ट्ले चीनमा रहेको नेपालीलाई चाडो उद्धार गर्न निदेर्शन दिइएको खबर छापेको छ भने, पूर्वमन्त्रीको सम्पति छानबिन गरिने कुरा पनि छापेको छ ।
नेपाल समाचारपत्रले ललिता प्रकरणले बैंकको ३ अर्ब जोखिममा ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ । अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए । जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो ।
कान्तिपुरले ललिता निवास प्रकरणमा सीबीआईले पनि किर्ते र ठगीमा कारबाही अघि बढाउन लागेको खबर छापेको छ ।
कारोबार दैनिकमा रद्ध भएको २५ वर्षपछि अरुण तेस्रो बन्ने निश्चित भएको समाचार लेखेको छ । समाचार अनुसार नेपाल र भारतका बैंकले लगानी गर्न सहमति जनाएका छन् ।
नागरिक दैनिकले अख्तियार शक्तिशालीदेखि हच्किएको विश्लेषणात्मक खबर छापेको छ । भने कांग्रेसले यसैविषयमा संस्द अवरुद्ध गरेको खबर पनि नागरिकले पहिलो पृष्ठमा छापेको छ ।




