खेलकुद

स्मारक ए डिभिजन लिगः सरस्वतीलाई मछिन्द्रको आधा दर्जन गोल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लब आधा दर्जन गोल हानेको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वती युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

मछिन्द्रको जितमा दीपक राईले २ गोल गर्दा विशाल राई, देवेन्द्र तामाङ, अडेलजा सोमिड र एन्ड्रेस नियाले गोल गरे। यता सरस्वतीका लागि कजिम बुसारीले गोल गरे।

जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र क्लबको ११ खेलबाट २५ अंक भएको छ। दोस्रो स्थानमा रहेको आर्मीको भने १० खेलबाट २३ अंक छ।

यता, सरस्वती क्लब भने रेलिगेसन नजिक छ। ११ खेल खेलेको सरस्वतीको मात्र ४ अंक छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *