एजेन्सी । टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमै चिप्लिदाँ तीन टुक्रा भएको छ। द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए।
घटनामा परी तीन जनाको मृत्यु भयो भने अन्य १७९ जना घाइते भएका छन्। विमान धावनमार्गबाहिर करिब ३० र ४० मिटरसम्म चिप्लिएको थियो।
देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो।
बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो। टर्कीका संचारमाध्यमका अनुसार विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन्।




