ताजा समाचार

कलङ्कीको अण्डरपासभित्र टिप्परकाे ठक्करबाट बाइकमा सवार दुई जना मृत्यु

काठमाडौं । काठमाडौं कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुइ जनाको ज्यान गएको छ ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिप्परले पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर दिने टिप्परको नम्बर खुलेको छैन्।
टिप्परको ठक्करबाट घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *