ताजा समाचार

ललिता निवास जग्गा प्रकरणः कसरी जाेगिए नेकपा महासचिवका छाेरा र बहालवाला न्यायधीश ?

आजका पत्रपत्रिकामा अख्तियारले ललिता निवास जग्गा अनियमितता गरेको अभियोगमा १ सय ७५ जनालाई भष्ट्रचार मुद्धा दायर गरेको बारे चर्चा छ ।
पूर्वमन्त्री विजयकुमार गच्छेदारसँगै चारमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने ६५ जनाको जग्गा जफत गर्न मागदाबी गरेको छ ।
कान्तिपुरले ११० जनालाई भष्ट्राचार मुद्धा र ६५ जनालाई जग्गा जफत गर्न मुद्धा चलाएको खबर छापेको छ भने, अन्नपूर्ण पोस्ट् र नागरिक दैनिक गोरखापत्र लगाएतका सबै राष्ट्रिय दैनिक पत्रिकामा ललिता निवास प्रकरणमा हाइप्रोफाइल विरुद्ध भष्ट्रचार सम्बन्धी मुद्धा चलेको खबरले मुख्य प्राथमिकता पाएका छन् ।

त्यो बाहेक अन्नपूर्ण पोस्ट्ले चिनियाँको विकल्प खोज्दै सरकार शिर्षकको समाचार पहिलो पृष्ठमा छापेको छ । छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने सरकारको तयारी छ । कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको छ ।

राजधानी दैनिकले चीनमा कोरोना भाइरसको संक्रमणले नेपालमा लसुनको भाउ बढेको खबर छापेको छ । समाचार अनुसार लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ ।

त्यस्तै नागरिक दैनिकले बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको समाचार लेखेको छ । अहिलेसम्म दुईको ज्यान गएको छ भने अढाइ सय संक्रमित भएका छन् । मृत्यु हुनेमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेको वडाध्यक्ष जनकबहादुर रोकायाले बताए। कडाराको मंगलबार साँझ र रावलको बुधबार बिहान ज्यान गएको हो।

कारोबार दैनिकले ऋण काढेर धान किन्दै गरिमा पीडित शिर्षकमा मुख्य समाचार लेखेको छ । धनगढीको गौरीगंगा–११, ऐठाका किसान चौकिदार चौधरीले अधियाँको सबै दुई विघा जमिनमा लगाएको गरिमा धान नफलेपछि परिवारलाई के खुवाउने भन्ने चिन्तामा परे । उनले घरमा अनाज नरहेपछि एउटा सहकारी र एउटा समूहबाट मासिक २ र ३ प्रतिशतमा ४० हजार रुपैयाँ ऋण लिएर धान किनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *