काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधवार नेपाल र ओमानबीच सम्पन्न खेलमा नेपाल १८ रनले पराजित भएको छ।
ओमानले दिएको १९८ रनको लक्ष्य पछाएको नेपाल ४६.५ ओभरमा १७९ रन बनाउदै अल आउट भयो ।
नेपालका लागि शरद भेस्वाकरले सर्वाधिक ५५ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३६ तथा सन्दीप लामिछानेले २८ रन बनाएका थिए । त्यस्तै विनोद भण्डारीले २६ रन बनाए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान ज्ञानेन्द्र मल्लले १२ बलमा एक रन बनाए । पूर्वकप्तान तथा अनुभवी खेलाडी तथा पूर्वकप्तान पारस खड्काले मात्र तीन रन जोडेका थिए।
ओमानका बलर जिशाम मकसुदले ३ विकेट लिए कलीमुल्लाहले २ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउदै १९७ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। करणले ८ ओभरमा ४७ रन दिएर ४ विकेट लिएका हुन् ।
ओमानका लागि मोहमद नदीमले सर्वाधिक ६९ रन बनाए भने सन्दीप गोउडले ३३ रन बनाए । त्यस्तै कप्तान जीशान मकसुदले २० रन बनाए भने अकिब इयासले १६ रन बनाएका थिए । त्यस्तै नासीम खुशीले २८ रन बनाए ।
आजको खेलमा बाट अन्तर्राष्ट्रिय खेलमा डेभ्यु गरेका सुशान भारीले ३ विकेट लिए । उनले १० ओभरमा १४ रन बनाएर ३ विकेट लिएका थिए ।
सन्दीप लामिछाने विकेट विहिन हुँदा दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । अब सिरिज अन्तर्गत विहिबार ओमान र अमेरिकाबीच खेल हुने छ ।




