खेलकुद

नेपाललाइ १ सय ९८ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहका रुपमा पहिलो विकेट गुमाएको थियो । उनलाई करन केसीले एक रन बनाएको अवस्थामा पवेलियन फर्काएका हुन् । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । खवर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गरेका हुन् । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट बनाए । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।

यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिए । ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौथो विकेटका रुपमा पवेलियन फर्काए भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा ‘क्याच आउट’ गराए ।

मक्सुदले २० रन बनाए भने सुरज कुमार खाता नै नखोलीकन पवेलियन फर्कनुभयो । सुशनले ३८औँ ओभरमा सन्दीप गौडलाई छैटौँ विकेटका रुपमा पवेलियन फर्काए ।

नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । नेपालको आश गरिएका खेलाडी सन्दिप लामिछाने भने विकेट विहीन बनेको छ ।

नेपालले धेरै मौका सदुपयोग गर्न सकेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *