ताजा समाचार

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । ७२ वर्षको उमेरमा शर्माको बुधवार मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा निधन भएको हो।

मुटुको समस्याबाट पीडित शर्मा चार दिनअघि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई उपचारकै क्रममा मंगलबार मनमोहन कार्डियो थोरासिकमा लगिएको थियो । शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो। नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उनैले सुरू गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *