काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार जिल्लाका प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा गंगा पन्तको सरुवा भएको छ भने चितवनमा नान्तिराज गुरुङलाई पठाइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय बारामा अख्तियारमा कार्यरत एसपी कृष्ण पंगेनीको सरुवा भएको छ।
डेढ महिनाअघि एसपी गंगा पन्तलाई चितवन सरुवा गरिएको थियो, तर राजनीतिक चलखेलका कारण पन्तले चितवनको लागि रमाना बुझ्न पाएकी थिइनन्। पन्तलाई पर्सा पठाइएपछी पर्सामा कार्यरत एसपी सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय नवलपुर (नवलपरासी पुर्व) मा एसपी दीपक रेग्मी गएका छन् । नवलपुर (नवलपरासी पुर्व)का एसपी मोहन पोखरेललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा गरिएको छ भने बाराका एसपी बिकासराज खनाललाई दंगा नियन्त्रण गण सुनवल पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




