आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्रीहरुले बासुरी बजाएको तस्वीरसहितका समाचार सबै पत्रिकामा स्थान पाएका छन् ।
म तीन वर्षै प्रधानमन्त्री चलाउँछु शिर्षकमा अन्नपूर्णले लेखेको छ, ‘अब ३ वर्ष म प्रधानमन्त्री रहने हो, म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’ प्रधानमन्त्री निवास बालु्वाटारमा मंगलबार सांझ सम्पादकहरुसँग उहाँले भन्नुभयो, ‘अलिअलि किड्नीमा समस्या छ, किन अलि अलि समस्या राख्ने अबको जमानामा पनि ?’
यो खबर सबै जसो पत्रिकामा छ । नागरिक दैनिकले पनि बाँकी तीन वर्ष मेरै सरकार शिर्षकमा केपी शर्मा ओलीको भनाईलाइ मुख्य खबर बनाएको छ । भने चीनले वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर्न बताएको खबर पनि छ । चीनले कोरानो प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ । यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) का नेपाल प्रतिनिधिसँग परामर्श गर्न सुझाएको छ ।
‘प्रधानमन्त्रीको फेरिएको अवतार’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, बढी बोल्ने र कम सुन्ने स्वभावका प्रधानमन्त्री ओली मंगलबार भने फरक शैलीमा प्रस्तुत भएका थिए । पहिले दुई घण्टा सम्पादकको कुरा सुनेर त्यसपछि उनी बोलेका थिए ।
कारोबार दैनिकले बैदेशि लगानीको बाधकः अस्पष्ट डलर नीति भएको मुख्य समाचार लेखेको छ । प्रधिकरण भन्छ, डदरमा सकिन्न, प्रवद्र्धक भन्छन् लगानी आउँदैन ।




