ताजा समाचार

प्रत्येक वर्ष २० हजार मानिसले क्यान्सर रोगका कारण अकालमा जीवन गुमाइरहेका छन :प्रा.डा. पौडेल

काठमाडौं।नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिकमात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले गर्दा प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगकाकारण अकालमा जीवन गुमाइरहेको कुरा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले बताएका छन् ।
काठमाडौंस्थित लाेयल्टी एकेडेमी, मण्डिखाटारमा क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा‘विश्वक्यान्सर दिवस’को अवसरमा सञ्चालित अन्तरक्रियामा प्रा. डा. पौडेलले यस्तो बताएका हुन् । उनले ३० देखी ५० प्रतिश तक्यान्सर खानपान र जीवन शैलीकाकारणले गर्दा लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवन बिताउनुपर्ने टिप्स दिएका छन् । यसको अलावा सुर्तीजन्य पदार्थबाट टाढा वस्नुपर्ने कुरा पनि उनले बताए ।
क्यान्सरकै कारण विश्वमाप्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औल्याउँदै डा. पौडेलले नेपालमा पनि प्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनु पर्ने उल्लेख गरे ।
नेपालमा अझै पनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने कुरा पनिउनले बताए । उनले भने,‘सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कमहुने र उपचारको प्रभावकारिता बढि हुँदा विरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल जानप्रोत्साहन गर्नुपर्छ ।’
उनले वर्षको एक दिन क्यान्सर दिवस मनाउनुभन्दा समाजमा प्रत्येक व्यक्तिले क्यान्सर रोग न्यूनीकरणको लागि अरुलाई सुर्तीजन्य पदार्थ त्याग्नको लागि प्रोत्साहित गर्नुपर्ने पनि सुझाव दिए । ‘विकसित देशमा जनचेतना, समयमा नै रोगको पहिचान र उपचार विधिमा भएको विकासले क्यान्सर रोगबाट मर्ने संख्यामा निकै कमी आएको उनले सुनाए । उनले ४० वर्ष नाघेका महिलाहरुले नियमित रुपमा पाठेघरको मुखको परीक्षण गराउनु पर्ने सल्लाह दिए । उनले भने,‘त्यस्तै, ५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिनको लागि पनि नियमित परीक्षण गराउनु पर्छ ।’
त्यस्तै, कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर, मुटु, दम, मधुमेह रोग रोकथामको लागि व्यापक रुपमा जनचेतना जगाउनुपर्ने बताए । नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउनका लागि किशोर किशारीहरूलाई अभिभावकहरूले विशेष ध्यानदिनुपर्ने कडरियाको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *