खेलकुद

च्यासल युथ क्लबसँग हार्याे मनाङ मर्स्याङ्दी, उपाधि होडमा धक्का

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएको छ ।सोमबार सम्पन्न खेलमा च्यासल युथ क्लबले मनाङलाई २-० गोल अन्तरले पराजित भएपछि उपाधि होडमा समेत धक्का  लागेकाे छ ।

च्यासलको जितमा सन्तोष साहुखल र टाइगा नाकमुराले एक एक गोल गरेका छन् । नकापुराले खेलको २४औ मिनेटमा गोल गरेका थिए भने साहुखलले खेलको ९४औ मिनेटमा गोल गरेका थिए । साहुखलको यस सिजनमा यो सातौ गोल हो भने उनी धेरै गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका छन् ।

मनाङको १० खेलमा १९ अंक छ भने लिगमा तेस्रो स्थानमा रहेको छ । मनाङ पराजति भएपछि शिर्ष स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको मछिन्द्रलाई सहजता महसुस भएको छ । त्यस्तै च्यासल यो जितपछि १२ अंक बटुल्दै लिगको नवौ स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *