ताजा समाचार

राष्ट्रिय युवा पुनर्स्थापना संजालको परिवर्तनको लागि युवा उत्प्रेरणा कार्यक्रम सम्पन्न

भक्तपुर । राष्ट्रिय युवा परिषद सानो ठिमी ,भक्तपुर द्वारा नवगठित राष्ट्रिय युवा पुनर्स्थापना सञ्जालले परिषदको सभाहलमा आयोजना गरेको एक दिवसिय परिवर्तनको लागि युवा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। सञ्जालको अध्यक्ष सविता उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कार्यक्रमको उद्घाटनका साथै युवाहरूलाई सम्बोधन गदै उत्प्रेरणा प्रदान गरे ।

सो कार्यक्रममा संघ–संस्था, संञ्जालको अध्यक्ष त्रिलोतम पौडेल र युवा प्रतिभा तथा उद्यमी संजालको अध्यक्ष लोचन बस्नेतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । नव गठित पुनर्स्थापना संजालको कार्यक्रममाथि प्रकाश पादैं अध्यक्ष सविता उप्रेतीले उपस्थित सवैलाई स्वागत तथा धन्यवाद व्यक्त गिरन । उप्रेतीले पुनर्स्थापना क्षेत्रमा काम गर्न निकै नै चुनौती हुने र धेरै धैर्यताको आवश्यकता पर्ने हुँदा युवालाई थप उर्जा चाहिने बताउदै उनले नेपाल सरकारले घोषणा गरेको युवा परिचालन वर्षलाई सार्थक दिन उत्प्रेरणा कार्यक्रम सँगै युवालाई स्वंयम सेवामा प्रेरित गर्ने बताइन्।

कार्यक्रममा चर्चित मेटीभेस्नल स्पिकर रमन भट्टराई, युवा परिषदको उपसचिव चन्द्रा थापा, अन्य संजालको पदाधिकारीहरु, विभिन्न क्षेत्रका पुनर्स्थापना केन्द्रहरु, एफडीडीआर को अध्यक्ष प्रशान्त शर्मा लगायत उल्लेख्य युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको दोस्रो सत्रमा चर्चित मेटीभेस्नल स्पिकर रमन भट्टराईले नेपालीको विषय बस्तुमा युवाहरुको लागि प्रेरक प्रस्तुतीकरण रहेको थियो । भाषण, योगा, संगीत, नृत्य, खेल, सामूहिक प्रस्तुतिकरण सहितको उनको सेसनबाट युवाहरु सकारात्मक सोचको विकास हुनुको साथै प्रेरणा मिलेको उपस्थित युवाहरुले बताए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *