काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि टोटनह्यामले २-० को जित निकालेको छ। साविक विजेतासमेत रहेकाे म्यानचेस्टर सिटीलाइ पराजित गर्ने क्रममा टोटनह्यमका स्टेभिन बर्जविजले डेब्यू खेलमै गोल गरे। खेलको ६० मिनेटमा सिटी १० खेलाडीमा सीमित बनेकाे सिटीिवरूद्ध स्टेभिन बर्जविजले खेलको ६३ मिनेटमा गोल गरेर टोटनह्यामलाई पहिले अग्रता दिलाए।
सिटीका जिन्चेन्को दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । त्यसपछि सन हेउन मिनले ७१ मिनेटमा गोल गरेपछि टोटनह्याम २-० गोलले अघि बढ्यो।
लिगमा दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २२ अंकले पछि छ। लिभरपुलको २५ खेलबाट ७३ अंक र सिटीको ५१ अंक छ। टोटनह्याम ३७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।




