आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा नेकपाको आइतबार सम्पन्न केन्द्रीय समिति बैठक र त्यसले गरेको निर्णय लगाएत भक्तपुरबानट अपहरण परेकि एक बालिकाको बारे समाचार मुख्ष्य बनाएर सबै जसो पत्रिकाले छापेका छन् । त्यस्तै चीनबाट नेपाली विद्यार्थी फर्काउन भइरहेको तयारीबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् ।
‘विमति राख्ने खनालकै काँधमा एमसीसी’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार लेखेको छ । समाचार अनुसार, एमसीसी आईपीएसअन्तर्गत नै हो र कुनै हालतमा अनुमोदन गर्न हुन्न भनेर यसअघि मत राख्ने वरिष्ठ नेता झलनाथ खनाललाई नै कार्यदलको संयोजक बनाइएको छ । एमसीसीका विषयमा सबैभन्दा चर्का आलोचक स्थायी कमिटी सदस्य भीम रावल र पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यदलको सदस्य बनाइएको छ ।
त्यस्तै बालुवाटार प्रकरणमा उच्च अदालतले सम्पूर्ण कागजात मागेको खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छ ।
नेकपाले नेताका सम्पत्ति छानबिन गर्ने भएको खबर अन्नपूर्णमा छापिएको छ । त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय नेकपालले गरेको छ । त्यस्तै चीनबाट १८० जना विद्यार्थी ल्याइँदै गरेको समाचार पनि अन्नपूर्ण पोस्ट्ले छापेको छ ।
नागरिक दैनिकले पनि नेकपा बैठककै निर्णयहरु सार्वजानिक गरेको छ । एमसीसी संकटमा परेको खबर नागरिकले मु्ख्य प्राथमिकताको साथ छापेको छ ।
मलेसिया नेपाली श्रमिकका लागि जोखिमपूर्ण रहेको खबर कारोबार दैनिकले छापेको छ । नेपाली युवकाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।
विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो ।




