ताजा समाचार

डा. बाबुराम भट्टराइले आफूले आफैँलाई किन भने ‘आउटडेटेड’ ?

काठमाडाैं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूले आफैलाई ‘आउटडेटेड’ भएको होकि भनी प्रश्न गरेका छन् ।

आइतबार एक ट्वीट गर्दै उनले समाजको राजनितिक चेतमाथि प्रश्न उठाउँदै हामी आउटडेटेड भएका हौ कि भनी प्रश्न गरेका हुन् ।
आफू विराटनगर जाँदा जाहाजको परिचालिकाले समेत नचिनेको तर चिया पसल साहुनीले चिनेको भन्दै ट्रवीट मार्फत उनले शहर र गाउँबीच देखिएको ‘राजनीतिक चेत’ बारे समेत प्रश्न उठाएका छन्।

उनले सम्बाद शैलीमा लेखेका छन्, “बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्- तपाईं डाक्टर होर ?

म- हैन ! किन सोध्नुभो ? उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर !

केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो१पसले युवती चिच्याइन्ओ-हो बाबुराम ?

म-कसरी चिन्नुभो ?

उनी-फोटो र टिभीमा देखेर!
मनमन-शहर र गाउँको राजनीतिक चेत ? वा हामी outdated ?”

प्रधानमन्त्रीसमेत बनिसकेका बाबुराम अहिले भने सानो राजनितिक दलमा समाहित भएर बसेका छन्।
कुनै बेला आफूसँगै जंगलमा शसस्त्र द्धन्द्ध गरेका अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड देशकै ठुलो पार्टीको अध्यक्ष भएर बसेको बेला बाबुराम भने रणभूमी नै अलमलिएका जस्ता देखिन्छन् । अहिले भने आफूलाई सामान्य परिचारिकाले समेत नचिन्दा मन दुखाएको जस्तो देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *