खेलकुद

इपिएल खेल्न क्रिस गेल नेपाल आउँदै

काठमाडौं । वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेलले क्रिकेट खेल्ने नेपाल आउने भएका छन् । विश्व चर्चित विस्फोटक ब्याट्सम्यान गेलले नोपलमा आयोजना हुन लागेको आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्न नेपालमा आउन दागेका हुन् । इपीएलमा गेलको आगमनले नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण हुने आयोजकले जनाएको छ । गेलले पोखरा राइनोजबाट इपीएल खेल्न लागेका हुन् । पोखरा राइनोजले बिहिबार पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने निश्चित भएको जानकारी दिएको छ ।

‘इपीएलको सफलता चुलिएका कारण विश्व प्रख्यात गेललाई टोलीमा समावेश गर्न सफल पोखरा राइनोजका मालिक दीपा अग्रवालले बताइन् । यसले नेपाली क्रिकेट र सर्मथकलाई थप खुशी दिलाउने उनको भनाई छ ।गेललाई नेपाल बेलाउन र खेलाउनका लागि लामो कसरथ गर्नुपरेको इपीएलका निर्देशक आरिम आख्तरले बताए । ६ / ७ महिनाको तयारीपछि गेन नेपाल आउन तयार भएको पनि अख्तरले बताए । गेल टी–२० क्रिकेटका राजा मानिन्छन् । उनको नाममा टी–२० मा सयौं किर्तिमान बनेका छन् ।

पोखरा राइनोजबाट गेलले कति खेल खेल्छन् त्यो भने पछि नै तय हुने आयोजकले जनाएको छ । इपीएलका लागि यसपटक अन्य चर्चित विदेशी खेलाडी पनि आउने भएका छन् । यसपटक भैरहवा ग्लाडिएटर्सले वेस्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ । साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन खेलाडी उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *