काठमाडौं । केही दिन सुधार भएको मौसममा फेरि बदली भएको छ। हाल देशको मध्य तथा पूर्वी पहाडी भू(भागमा आशिंकदेखि सामान्य बदली भएको छ भने मध्य तथा पुर्वी तराई भू- भागमा हुस्सुरकुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार पश्चिमी भू – भागको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ। पूर्वी तथा मध्य पहाडी भू(भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाअनुसार राति भने सामन्यतया मौसम सफा रहनेछ भने तर शनिबार दिउँसो भने देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।




