कोशी प्रदेश

विद्यालय व्यवस्थापन समितिकाे निर्णय विनै प्रदेशसभा संसदले गरे विद्यालय परिसरकाे मन्दिर उद्घाटन

उदयपुर । ” विद्यालय शान्ति क्षेत्र हाे ,यहाँ कुनै किसिमका हस्क्षेप हुनु हुदैन” राज्य , राजनीतिक दल ,यहि भन्थे । तर हाम्राे विद्यालयमा फरक परिदृष्य देखियाे यहाँ त ठूलै राजनीतिक हस्तक्षेप भयाे आज ठूलै अनिष्टपाे हुन्छ हाेला जस्ताे लागेकाे थियाे तर भएन याे एक सामाजसेवी एवं जेष्ठ नागरिक गाेबिन्द बहादुर कटवालकाे भनाइ हाे ।
चौदण्डीगढी नगरपालिका – ७ सगरमाथा आधारभूत विद्यालय भुल्केमा बिधालय ब्यवस्थापन समिति, बिधालय प्रसाशनकाे निर्णय बिपरित उदयपुर क्षेत्र नं १ ” क” का प्रदेस सभासदले बिधालयमा निर्माण गरिएकाे सरस्वतिकाे मन्दिर उद्घाटन गरेकाे आराेप विद्यालय ब्यबस्थापन समितिले लगाएकाे छ ।


स्थानीय केशब अधिकारीले आफ्नि फूपू स्वर्गीय महेश्वरा अधिकारीकाे स्मंमरणमा सरस्वतिकाे मन्दिर बनाइदिने ५/६ बर्ष अघि गरेकाे मौखिक सहमति अनुसार यस बर्ष मन्दिर निर्माण गरेका हुन ।
विद्यालय ब्यबस्थापन समिति , बिधालय प्रशासनसंगकाे सहमति बिनै प्रदेस सभासद् बिमल कार्कीबाट उद्घाटन गराएर बिधालय परिवारप्रति नै अपमान गरिएकाे विद्यालयका अध्यक्ष मनि कुमार कटवालले बताए ।
विद्यालय प्रसाशन , ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघले नगर प्ररमुखबाट माघ १६ गते श्री पंचमीका दिन उद्घाटन गराउने संयुक्त निर्णय भएकाे अध्यक्ष कटवालले संकल्पखबरलाइ बताए ।
आफुले निर्माण गरिदिएकाे मन्दिर आफ्नाे खुसिले उद्घाटन गर्ने भन्दै १ दिन अगावै उद्घाटन गराएकाे अर्का विद्यालय ब्यबस्थापन समितिका सदस्यले बताए ।


विद्यालय हाता भित्र निर्माण गरिएकाे मन्दिर उद्घाटन हुँदै गर्दा वाडाका जनप्रतिनिधि, ब्यबस्थापन समिति, विद्यालय प्रशासन बेखबर रहेकाे स्थानीय जन प्रतिनिधि हरिमान कटवालले बताए ।विद्यालयका प्रधानाध्याकले भने मन्दिर हस्तान्तरण गर्ने भन्ने सुनियाे तर जानकारी नै नदिइ प्रदेस माननीयले उद्घाटन उद्घाटन गराइएछ ।
विद्यालय हाता भित्रै निर्माण भएकाे मन्दिर भए पनि विद्यालयले जिम्मा नलिने ब्यबस्थापन समितिले बताएकाे छ ।मन्दिर जिम्मा लिने नलिने विद्यालय जान्दछ , प्रदेस माननीय बिमल कार्किबाट उद्घाटन गराउन खाेज्दा सहमति नभए पछि १५ माघमा उद्घाटन गराएकाे निर्माण कर्ता केशब अधिकारीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *