काठमाण्डाैं।पार्टी एकता भएपछि पहिलाे पटक नेकपा केन्द्रिय समितिकाे वैठक बसेकाे छ।सुरूमा प्रज्ञा भवनमा वैठक बस्ने भनिएपछि ४४६ जना सदस्य नअटने भएपछि अचानक राष्ट्रिय सभागृहमा वैठक बसेकाे हाे।वैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्वाेधन गरेका छन।
एमाले र माअेावादी मिलेकाे दिन एकैछिन बसेकाे केन्द्रिय समिति वैठकलाई पनि हिसाव गर्ने हाे भने याे दाेस्राे वैठक हाे । वैठकमा पुर्वसभामुख शिवमाया तुम्वाहाङफेलाई पनि मनाेनीत गरेर केन्द्रीय सदस्य बनाइएकाे छ।केन्द्रीय समितिमा वाेल्नकाे लागि नेताहरूलाई दस मिनेट समय दिइएकाे छ। वैठक १९ गतेसम्म चल्नेछ।
नेकपा केन्द्रीय समितितलाई सम्वाेधन गर्दै अध्यक्ष ओलीले सरकार विरूद्ध एकाेहाेराे आक्रमण भइरहेकाे बताएका छन।उनले सरकारकाे तर्फबाट केही कमजाेरी भएकाे हुन सक्ने पनि बताए तर अहिले जति सरकार विरूद्ध प्रचार भइरहेकाे छ, यति विराेध हुनुपर्ने कुनै काम नगरेकाे बताएका छन।अध्यक्ष ओलीले प्रचार युद्ध भनेर यसलाई नाम दिएका थिए।




