आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुमा फरक फरक विषयले स्थान पाएका छन् । एमसीसी पारित गर्नमा सत्ता पक्ष र प्रतिपक्ष एकमत भएको खबर, नेकपा सचिवालय बैठकमा भएका छलफल, डीडीसीभित्र डेढ करोडको अनियमितता भएको खबर छापेको छ ।
कान्तिपुरले ‘जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि’ शीर्षक दिएर आज मुख्य समाचार लेखेको छ । समाचार अनुसार चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा १ दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले चीनसँग सुपुर्दगी सन्धिन नगर्न आग्रह गरेको खुलेको छ ।
उता अन्नपूर्ण पोस्ट्ले एमसीसीबारे प्रधानमन्त्रीले संसद्मा बोलेको कुरा मुख्य खबर बनाएको छ भनेडीडीसीमा भएको घोटालाबारे अर्को समाचार बनाएको छ । समाचार अनुसार उत्पादन स्टकमा देखिएभन्दा भौतिक परीक्षणमा कमी भएको फेला परेको हो । योसँगै डीडीसीले छानबिन थालेको छ ।
नागरिक दैनिकमा विभागले सन् २०१४ पछि छापेका मेसिन रिडेबल पासपोर्टमा लेमिनेसनको भाग हटाएर करिब आठ करोड रुपैयाँ अनियमितता गरेको निष्कर्ष नागरिक दैनिकको छ । नागरिकका अनुसार ठेकदारको स्वार्थमा पासपोर्टको फिचर्स नै परिवर्तन गराइएको छ ।
सापकोटाविरुद्धको विवरण ३० दिनभित्र पठाउन आदेशबारे समाचार नेपाल समाचार पत्रले मुख्य समाचार लेखेको छ । हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र प्रगति विवरण पठाउन आदेश दिएको हो ।




