ताजा समाचार

वीरेन्द्रनगर दङ्गाग्रस्त क्षेत्र घोषणा, आवतजावत गर्न समेत राेक

विरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर दङ्गाग्रस्त क्षेत्र घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ः३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ बमोजिम जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा आदेशको सूचना जारी गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक मंगलबार बिहान ८ः३० बजे महावै गाउँपालिका–३ सिमखेत घर भएका २१ वर्षीय केशरबहादुर सिंहको भे १ ख २२४२ नं कोे टिपरले किचेर भएको मृत्यु भएपछि उत्तेजित भिडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुने सम्भावित खतराबाट सुरक्षा स्थितिलाई नियन्त्रण लिन दङ्गाग्रस्त क्षेत्र घोषणाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा अाज बिहान ६ बजेसम्म जारी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *