एजेन्सी । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएकाे छ । रियल भालाडोलिडविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको हाे ।
जीतसँगै बार्सिलोनासँग रियलले ३ अंकको अग्रता बनाउन सफल भएको छ । खेलको ७८ औँ मिनेटमा मा नाचोले टोनी क्रुसको क्रसमा निर्णायक गोल गरे । उनले ला लिगामा गोल गरेको पछिल्लो दुई वर्षमा पहिलो पटक हो ।
यसअघि, कासिमेरोले टोनी क्रुसको फ्रिकिकमा गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए ।
खेलको अन्त्यतिर भालाडोलिडको गोलमा पनि सर्जी ग्वार्डिओलालाई अफसाइड करार गरिएको थियो । पराजयपछि भालाडोलिड लिगको १६ औँ स्थानमा खस्किएको छ । २१ खेलपछि रियलको ४६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्साको ४३ अंक छ ।




