खेलकुद

हेलिकप्टर दुर्घटनामा परी चर्चित बास्केटबल खेलाडी कोकेसहित ९ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा हेलिकप्टर दुर्घटना भएको छ । लस एन्जल्समा सोमबार बिहान निजी हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टर दुर्घटनामा बास्केटबलका चर्चित खेलाडी ४१ वर्षीय कोके ब्राउट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको छ । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकोप्टर खसेको थियो ।

सन् २०१८ मा डियर बास्केटबल नामक सर्ट फिल्मका लागि ओस्कार पनि जितेका थिए । सन् २०१५ मा उनले आफ्नो प्रिय खेलका लागि लेखेको प्रेम पत्रका आधारमा उक्त ५ मिनेटको चलचित्र बनाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *