बुधबार प्रतिनिधिसभाले गरेको सभामुख चयन र कोरोना भाइरसको बढ्दो प्रकोपले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।
‘एमसीसी पारित गर्न संकल्प प्रस्ताव’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार सरकारले एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित संसद्मा संकल्प प्रस्ताव ल्याउने विकल्पतर्फ छलफल थालेको छ ।
सभामुखको चयनबारे मुख्य समाचार लेखेको गोरखपत्रले भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति ठप्प शिर्षकमा गोरखापत्रले समाचार लेखेको छ ।
हवाई इन्धन ढुवानी गर्ने चालकले ट्याङ्करको चाबी पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाएका छन् । शनिबारदेखि ढुवानी रोकेका चालकले आइतबार १८१ वटा ट्याङ्करको चाबी महासङ्घलाई बुझाएका हुन् ।
पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको गोरखपत्रमा समाचार छ ।
कारोबार दैनिकमा रेमिट्यान्स नेपाल भित्र्याउने सवालमा कतार पछि भारत दोस्रो स्थानमा रहेको समाचार छ ।
नागरिक दैनिकमा कोरोना भाइरसको संक्रमणबारे चीनमा रहको नेपाली सुरक्षित रहेको मुख्य समाचार छ ।




