ताजा समाचार

नेपालमा थप दुई जनामा कोरोना भाइरसको आशंका

काठमाडौं । नेपालीमा  थप दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ । उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको अस्पताल स्रोतले जनाएकाे ५ ।

स्रोतका अनुसार टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका थिए।कोरोनाको शंका लागेर अस्पताल पुगेकी महिला शनिबार माघ ११ गते टेकु अस्पताल पुगेकी थिइन् भने अर्का पुरुष माघ १० गते अस्पताल पुगेका थिए। चीनबाट फर्किनेहरु परामर्शका लागि अस्पताल आइरहेकाे जानकारी दिदै   तीमध्ये २ जनालाई आशंका गरेर उपचार थालिएको बतायाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *