ताजा समाचार

बल्ने ढुंगो किन्न जानेबाट ४८ लाख लुटपाट ६ जना पक्राउ

काठमाडौं । बल्ने ढुंगा किन्न जाने एक व्यक्तिलाई खुर्सानीको धुलो छर्केरलुटपाट गर्ने ६ जना पक्राउ परेका छन् । काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटपाट गर्ने ६ जना पक्राउ परेका हुन ।

६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर्सानीको धुलो छर्किएर ४८ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुवेदारसमेत हुन् ।महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको छ ।

महाशाखाका स्रोतका अनुसार गुरुङले काभ्रेस्थलीमा रहेको जमिन किन्नका लागि बैनास्वरुप सो रकम बोकेका थिए । उनलाई पक्राउ परेकै समूहले जमिन देखाएको थियो । जमिनमै लगेर सो समूहले आँखामा खुर्सानीको घुलो हालेर रकम लुटेर फरार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *