ताजा समाचार

अग्नि सापकोटा सभामुख बन्ने पक्का

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुने पक्का भएकाे छ । अग्नि सापकोटालाई सभामुखको बनाउन रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने भएर स्थागित भएपछि सपकाेटा सभामुख बन्ने पक्का भएकाे हाे ।

फुयालले न्यायाधीश हुनअघि सापकोटाविरुद्धको मुद्दामा पूर्णिमाया लामाको पक्षबाट वकलत गरेका कारण सो मुद्धा हेर्न नमिल्ने भएको हो ।  सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेका रिटमा सर्वोच्चका न्यायाधीस फुँयालले हेर्न नमिल्ने भएपछि दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले उनले मुद्दा हेर्न नमिल्ने भएको हो ।

आइतबारको पेशीमा उक्त मुद्दा फुँयालको एकल इजलासमा परेको थियो । सापकोटाविरुद्ध द्वन्द्धकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्या आरोप सवोच्वमा विचाराधीन छ । सभामुखको उम्मेदवारमा सापकोटाको एकल उम्मेदवारी परेको छ । आइतबार ३ बजे सभामुख निर्वाचनको लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा जेल परेपछि करिब ४ महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *