काठमाडौं । सभामुख पदका लागि उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयाँललले हेर्न नमिल्ने भएको छ ।
फुयाँलल बेञ्चमा पेशी तोकिए पनि सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयाँलले कानुन व्यवसायीको हैसियतले सोही मुद्दामा बहस गरेका कारण सापकोटाको मुद्दा ‘हेर्न नमिल्ने’ भएको हो । अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले उक्त मुद्दालाई हेर्न नमिल्नेमा राखेपछि सभामुखमा सापकोटा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । आजै ३ बजे बस्ने प्रतिनिधिसमा बैठकले उनलाई सभामुखमा निर्वाचित गर्ने तयारी छ । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा मुद्दा छ ।




