ताजा समाचार

नेपाल विद्यार्थी संघको अध्यक्ष ढुंगाना हुने

काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्ष राजीव ढुंगाना हुने भएका छन् । तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि संघ नेतृत्वविहीन अवस्थामा छ।  सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरुको वैठकले पूर्व उपाध्यक्ष ढुंगानालाई अध्यक्ष बनाउने सहमति गरेको हो ।

६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी अध्यक्षमा ढुंगानाको नाम सभापति देउवाले प्रस्ताव गरेका थिए। उमेर हद विवाद कारण लामो समयदेखि नेविसंघको नेतृत्व चयन गर्न सकेको थिएन । नेविसंघका अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएपछि २०७५ माघ २ गतेदेखि संघ नेतृत्वविहीन अवस्थामा छ। नेविसंघमा ३२ वर्षिय उमेर हद आगामी महाधिवेशनबाट लागु हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *