काठमाडाैं । सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपका लागि छनोट प्रतियोगितामा नेपाल सिधैं छनाेट भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वाजानिक गरेकाे छनाेट प्रतियाेगितामा जनावरी २०२० को टी-२० वरीयतालाइ अाधार मानेर नेपाल सहित जिम्बावे,युएई र हङकङ छनाेट भएका छन् ।
आइसिसीले जनावरी २०२० को टी-२० वरीयतामा अघि रहेका चार टिम पनि विश्वकप छनोट प्रतियोगिताका लागि छनोट गर्नेतालिका सार्वजानिक गरेकाे छ । १६ टिमबीच हुने सन् २०२१ को टी-२० विश्वकपका लागि सन् २०२० को विश्वकपका शीर्ष १२ टिम सिधैं छनोट हुनेछन्। पुछारका ४ टिम विश्वकप छनोट प्रतियोगितामा धकेलिनेछन्।
छनोट खेल्ने १६ मध्ये ८ टिमले भने क्षेत्रीय छनोट पार गर्नु पर्नेछ। छनोट प्रतियोगिताबाट ४ टिम सन् २०२१ को विश्वकपमा छनोट हुनेछन्। यसको अर्थ नेपालले सन् २०२१ को विश्वकप खेल्नका लागि विश्वकप छनोट खेल्ने १६ मध्ये शीर्ष चारमा पर्नुपर्नेछ।
विश्वकप छनोट प्रतियोगितामा २ समूहमा ८-८ टिम हुनेछन्। समूहका शीर्ष २-२ टिम विश्वकपमा पुग्नेछन्। विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबरमा हुनेछ।




