दाङ । राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला घिमिरे निर्वाचित भएकी छन् । आज मतदानपछि भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित भएकी हुन् ।
उनी पाँच हजार ७२८ मत ल्याएर विजयीभएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याएकी छन् । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।




