ताजा समाचार

कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएकाे छैन । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिएकाे हाे ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा कांग्रेसले उम्मेदवारी नदिएकाे जानकारी दिइन् । सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले कांग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको उनले बताइन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले भने अग्निप्रसाद सापकोटालाई सभामुखमा अगाडि सारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *