ताजा समाचार

प्रहरी अस्पतालको नेतृत्व सिंहको काँधमा पुग्ने निश्चित

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस लोक सेवा आयोगले सदर गरेको छ । उजुरी उपर छानबिन गरेपछि कार्यसम्पादन मूल्यांकन अंकको आधारमा बढुवा रितपूर्वक भएको निष्कर्ष आयोगले निकालेको हो । उनले आफूमाथि अन्याय भएको भन्दै लोक सेवा आयोगमा बढुवा सिफारिस बदर गर्न पनि माग गरेका थिए ।

वरिष्ठ बाल रोग विशेषज्ञ पाठकले द्वन्द्वकालमा मध्यपश्चिम र सुदुरपश्चिमको विकट क्षेत्रमा काम गरेका थिए ।गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए । अस्पतालकी एआईजी डा.दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकास पाएकी थिईन् । थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो । राई नेतृत्वको समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हुँदा दोस्रो नम्बर वरियतामा रहेकी डा. आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *