काठमाण्डाैं।उपसभामुश शिवमाया तुम्वाहाङफेले राजीनामा दिएकी छिन।उनले उपसभामुखकाे रूपमा मध्यान्ह सवा १२ बजे संसद सचिवालयमा रहेकाे कार्यालयमा उपस्थित भएकी थिइन। यसपछि १ बजे बसेकाे संसदकाे बैठकमा उनले राजीनामा घाेषणा गरेकी हुन।
उपसभामुख तुम्वाहाङफेले राजीनामा दिएपछि अब संसदीय प्रक्रिया सुरू हुन्छ। संसदकाे पहिलाे वैठकमा उपसभामुखले यसरी राजीनामा दिएपछि अब जेष्ठ सदस्य महन्थ ठाकुरलाई सपथ गराएर दाेस्राे वैठक चलाइनेछ।यसपछिकाे संसदकाे वैठकले सभामुख चयनकाे लागि निर्वाचनकाे प्रक्रिया सुरू गर्नेछ।




