काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा संचारकर्मी रवि लामिछानेसहित तिनै जनाले सफाई पाएका छन् । न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला गर्दै रविसहित युवराज कँडेल र नर्स अस्मिता कार्की (रुकु) ले सफाइ पाएका हुन् ।
अदालतबाट सफाई पाएलगत्तै उनिहरुले खुशी साटेका छन् । त्यही क्रममा आफ्नो तर्फबाट बहस गरेर सफाई दिलाउन सफल भएकि अधिवक्ता निमा गिरीलाई हृदयदेखि नै धन्यबाद दिएकी छन् । कार्कीले आफ्नो फेसबुकमा स्टाटस राख्दै भनेकी छन् : ‘मेनी मेनी थेङ्क्यु सो मच दिदी एन्ड लभ यु टु मच । न्यायको पक्षको निम्ति त्यस्ता व्यक्तिले आफू भाइरल हुनको लागि मात्र मन लागि इन्टरभ्यु दिएर आफू चर्चामा आए केही टाइमको लागि मात्र । तर तपाईले फाइनल सम्म चोखो मनले निरन्तरता दिइ अन्तिम न्याय प्राप्त भएकोमा अहर्टली थ्यांक्यू सो मच दि एन्ड सबै मेरा सुभचिन्तकहरु जो ले मलाई विभिन्न समयमा साथ दिनुभयो सबैलाई हृदय देखि नमन छ । दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि पनि भए पनि भए पनि’
अस्मिता कार्कीले आफ्नो पक्षमा वकालत गर्ने वकिल नपाएको समाचार बाहिर आएपछि अधिवक्ता निमा गिरीले उनको पक्षबाट वकालत गर्ने बताइन् । उनले परिवारसँग समन्वय गरि सुरु देखि आफूसहितको अधिवक्ताहरुको टीम निःशुल्क वकालत गरेकी थिइन् ।
निरन्तर अस्मिताको मुद्दामा लडेकी निमाले र अन्त्यमा सफलता समेत हासिल गरिन् । त्यतिवेला निमालाई चर्चामा आउनको लागि बहाना खोजेको भन्ने आरोप नगालेको होइन् । आफुमाथि लागेको आरोपको कुनै प्रवाहनै नगरि निमाले अस्मितालाई साथ दिने कठोर निर्णय गरेकी थिइन् ।
प्रयाप्त प्रमाणहरु फेला पर्न नसकेपछि उनलाई आरोप लागउने भन्दा साथ र समर्थन गर्नेहरु बढ्न थाले । जसले गर्दा अस्मिता समेत आफुलाई मजबुद बनाउन सफल भईन् । निमाले उनलाई भावनात्मक मात्र नभएर आर्थिक रुपले समेत अन्त्य सम्म साथ दिइन् र आइतबार अस्मितालाई न्याय दिलाएरै छाडिन् ।




