ताजा समाचार

सभामुखको उम्मेदवार आजै टुंगो लगाएर प्रचण्ड भोली काठमाण्डौ बाहिर जाने सचिवालय बैठक ४ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालवीचको बैठक सकिएको छ । दुई नेताहरुको छलफलपछि दिउँसो ४ बजे बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्ने गरी सकिएको वालुवाटार निकट स्रोतले जनाएको छ । प्रतिनिधिसभाको सभामुखको उम्मेदवार टुंगो लगाउने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

दुई नेताबीच सहतिमा सभामुखको उम्मेदवार टुग्याएर प्रचण्ड भोली काठमा बाहिर जानेकार्यक्रम रहेको उनी निकट स्रोतले जनाएको छ । नेकपाले उम्मेदवार टुंगो नलगाउन नसक्दा प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुन सकेको छैन । नेकपाको तर्फबाट कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेमा ओली–प्रचण्डबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन ।

सभामुखको उम्मेदवार चयन गर्न नसक्दा नेकपामाथि चौतर्फी आलोचनासमेत भइरहेको छ ।आज विहानैदेखि सुरुभएको नेकपाका दुई अध्यक्षबीचको छलफलमा सभामुखको उम्मेदवार बारे सहमति जुट्ने दाबी गरिएको छ । छलफलमा नेकपाका महासचिव विष्णु पौडेलसमेत सहभागी छन् । ओलीले सुवास नेम्बांग र प्रचण्डले अग्नी सापकोटाको नाम लिए पनि दुवै जनाले सहमतिमै सभामुख टुंगो लगाउने नेकपा निकट नेताहरुले बताउदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *