खेलकुद

इङ्लिस प्रिमियर लिगः चेल्सी पराजित, म्यानचेस्टर सिटी बराबरीमा सिमित

काठमाडौं । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा चेल्सी पराजित भएको छ । उसलाई न्युक्यासल युनाइटेडले झट्का दिएको हो । चेल्सी न्युक्यासलसँग१–० गोलले पराजित भयो । न्युक्यासलको जितमा इसाक हेडेनले खेलको अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।

हारसँगै चौथो स्थानमा रहेको चेल्सीको २३ खेलबाट ३९ अंक छ । २९ अंक बनाएको न्युक्यासल नवौं स्थानमा छ ।

उता, इन्जुरी समयमा आत्मघाती गोलले म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । साविक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमा सिटी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको हो ।

शनिबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकियो । इन्जुरी समयमा म्यानचेस्टरका फर्नानडीन्होले आत्मघाती गोलमा परिणत भएपछि सिटी अङ्क बाँड्न बाध्य बनेको हो ।

खेलमा सुरुवाती अग्रता प्यालेसले लिएको थियो । ३९औं मिनेटमा सेन्क टोसनले गोल गर्दै प्यालेसलाई अग्रता दिलाए ।
पहिलो हाफमा पछि परेको सिटीले दुवै गोल दोस्रो हाफमा गर्यो । दोस्रो हाफमा ५ मिनेटको अन्तरमा सर्जियो अगुएरोले दुई गोल गर्दै सिटीलाई खेलमा फर्काए । सर्जियोले ८२औं र ८७ औँ मिनेटमा गोलगर्दै सिटीलाई जित नजिक पु(याए ।
तर, इन्जुरी समयमा वेलफ्रेड जाहाको क्रसलाई बचाउने क्रममा फर्नानडीन्होको प्रहार आफ्नै पोस्ट्मा परेपछि सिटी अङ्क बाँड्न बाध्य बनेको थियो । बराबरीसँगै दोस्रो स्थानमा रहेको सिटी २३ खेलबाट ४८ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ६१ अंक छ । लिभरपुलले दुई खेल कम खेलेको छ । प्यालेस ३० अङ्क सहित नवौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *