ताजा समाचार

गायीका राउतमाथि कारवाहीको तयारी

काठमाडौं । विमानस्थल प्रहरीसँग विवाद परेपछि गायिका आस्था राउतमाथि प्रहरीले कारबाही प्रक्रियाअघि बढाउने भएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउतले गरेको ‘अभद्र व्यवहार’को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया बढाउने भएको हो ।

सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी कर्मचारीसँग विवाद भएको थियो। त्यसपछि गायीका राउत १९० मिनेट लामो भिडियो सार्वजनिक गर्दै प्रहरीलाई गाली गरेकी थिइन । महिला प्रहरी रमतिा श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।सोहि जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले कारवाही प्रकृया अघि बढाएको हो । गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ। के भएको थियो विमानस्थलमा यो भिडियो हेर्नुहोसः

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *