ताजा समाचार

डेपुटी गभर्नर श्रेष्ठलाइ मन्त्रिपरिषदले सफाइ दिएपछि अर्थमन्त्री नैतिक संकट

काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कान्तिपुरले सम्पत्ति शुद्धीकरण अनुसन्धान तर्साउने अस्त्र शिर्षकमा मुखइ समाचार छापेको छ । गैरकानूनी आर्जनलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउने, त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यको अनुसन्धान गर्न स्थापना गरिएको सम्पत्ति शुदीकरण अनुसन्धान विभागलाई सरकारले राजनीतिक–प्रशासनिक कार्डका रूपमा प्रयोग गर्न खोज्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष कान्तिपुरको छ । सभामुखमा प्रधानमन्त्री ओली लचिलो बनेको अर्को खबर पनिछ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको खबर अन्नपूर्णमा छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा। खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषदले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकालेको छ । अर्को समाचारमा खराब कर्जा लुकाउन मेघाको बेइमानी शिर्षकमा समाचार छ ।
नागरिक दैनिकमा दाहाल दबाबमा परेको खबर छापेको छ । सभामखमा ओलीले दाहाललाई सहमति जुटाउन भनेका छन् त्यसैले ओली संकटमा छन् । नागरिक दैनिकमा दाहाल दबाबमा परेको खबर छापेको छ । नागरिक दैनिकमा प्रम ओलीले कार्यकारी अध्यक्ष दाहाललाई प्रतिनिधिसभा सभामुखमा कसलाई उम्मेदवार बनाउने विषयमा चाँडो सहमति जुटाउन भनेका छन् । सभामुख लगायत अन्य विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहाललाई ओलीले भने, ‘पार्टीभित्र सहमति कायम गर्ने जिम्मेवारी तपाईंकै हो ।’

त्यस्तै युवराजको यू टर्न शिर्षकमा अर्को समाचार छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *