ताजा समाचार

प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्दैशन जथाभावी नबोल्नुहोस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरुलाई जथाभावी नबोल्न निर्देशन दिएका छन् ।विवादमा आईरहेको विकास र सहयोग सम्वन्धी अमेरिकी सहयोग मिलेनियम कर्पोरेशन च्यालेञ्ज एमसिसि बारे अब मन्त्रीहरुले जथाभावी नबोल्न निर्देशन दिएका हुन । २८ पुसमा बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले एम्सिसिबारे मन्त्रीहरुलाई बोल्न प्रतिबन्ध लगाउने गरी निर्देशन दिएको स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेकपाभित्रै एमसिसि स्वीकार गर्ने नगर्ने भन्ने विषयमा चर्को विवाद छ । अमेरिकाको इन्डो प्यासेफिक रणनीति अन्र्तगत एम्सिसि परियोजना भए नेपालले स्वीकार नगर्ने अधिकाशं नेकपा नेताहरुको भनाई आईरहँदा पनि त्यसलाई जसरी पनि पारित गर्ने योजनामा लागेका प्रधानमन्त्री ओलीले आफ्नै मन्त्रीहरुलाई बोल्न प्रतिबन्ध लगाएका हुन् । प्रधानमन्त्रीले सरकारमा पनि बस्ने अनि एमसिसिको विरोधमा पनि बोल्दै हिंड्ने कुरा आफूलाई सैह्य नहुने भन्दै त्यस्तो निर्देशन दिएको ती मन्त्रीले बताए ।

पार्टीकै नेताहरु भीम रावल, देव गुरुङ लगायत नेताहरुले यस विषयमा जनताका बीचमा अनावश्यक भ्रममात्र सिर्जना गर्न खोजेको र पार्टी र नेतृत्वका विरुद्ध बोल्नेलाई पार्टीले त्यक्तिकै नछोड्ने पनि प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्रीको भनाई उदृत गर्दै ति मन्त्रीले भने,– ‘एमसीसीबारे नभएका कुराहरु ठूल्ठूलो स्वरमा प्रचार गर्ने अनि बालुवाटारले आफूलाई ज्यान मार्ने धम्की दिएको झुटो आरोप लगाउँदै हिडने ? बालुवाटार भनेको के हो ? पार्टीको जिम्मेवार नेताले जे पनि भन्दै हिंड्ने पनि हुन्छ ? अब यस्तो सहिन्न ।’ सरकारमै रहेका मन्त्रीहरु योगशे भट्टराई र घनश्याम भुषाल एमसिसिबारे अलिक प्रष्ट नभई संसदबाट पारित गराउन नहुने पक्षमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *