ताजा समाचार

किमाथाङ्का नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट

खाँदबारी । भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्का नाकामा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी जीवन दुलालले पोष्टको बुधबार संयुक्तरुपमा शुभारम्भ गरको थिए ।

जिल्ला सदरमुकामा खाँदबारीबाट १६२ किलोमिटर दूरीमा सो पोष्ट रहेको छ । बिओपी स्थापना गर्न दुईतले घर भाडामा लिइएको छ । किमाथाङ्काको बिओपी नेपाल–चीन सिमानाको एक किलोमिटर दूरीमा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । किमाथाङ्कासँगै सशस्त्र प्रहरीको बिओपी सङ्ख्या ११२ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *